गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२७
Dho

दार्चुलाको मालिकार्जुनमा एक वृद्धाको हत्या

गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ११, २०८०
दार्चुलाको मालिकार्जुनमा एक वृद्धाको हत्या

दार्चुला : दार्चुलामा एकल वृद्धाको चक्कु प्रहार गरी हत्या भएको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलका ८० वर्षीया भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीय बताएका छन्। स्थानीयका अनुसार महिलाको घाँटी र छातीमा ८/१० स्थानमा चक्कु प्रहार भएको देखिएको छ।

उनको हत्या गरी घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ।  शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए। मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि, प्रहरीले ताला तोडेर घरभित्र पसेका थिए। तर घरमा महिला थिएनन्।

घरभित्र पनि नभेटेपछि खोजी गर्दै गर्दा सोमबार बिहान ६:३० बजे उनलाई मृत अवस्थामा भेटिएको हो। मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घट्नास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। शव ल्याउन बाँकी छ उनले भने, 'किटानी जाहेरी आएको छैन। जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौँ । अहिलेसम्मको घटनास्थल हेर्दा हत्या भएको देखिन्छ।'

प्रतिक्रिया