धनगढी ः धनगढीमा दिउँसै गोठबाट गाई चोरी भएको छ। धनगढी-१ नैनादेवी टोलका स्थानीय पुष्पराज भट्टको गोठबाट भदौ २७ गते लैनो गाई चोरी भएको हो।
गोठमा पाँच वटा गाई भए पनि ७० हजार दिँदा पनि बिक्री नगरेको गाई चोरी भएको भट्टले बताए। घरमा कोही नभएको मौका छोपी गाई चोरी भएको हो।
गाई देख्ने जोकसैले आफूलाई सूचना दिन भट्टले आग्रह गरेका छन्। उनले गाई देखेमा ९८४८७६३४२२ मा सम्पर्क गरेर खबर गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया