गाैमुल खबर डटकम शनिबार २८, भदौ २०८२ ०९:५६

हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २८, २०८२
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य

काठमाडौं : नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बनेको हो।

शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ।

प्रतिक्रिया