बाजुरा ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा र नेपाल बार एसोसिएसन लगायतले बाजुरामा सांकेतिक रुपमा “राष्ट्र बचाऔं, संविधानको रक्षा गरौं” भनेर लेखेको प्लेकार्ड सहित संविधानको पुस्तक सहित मौन प्रदर्शन गरेका छन् ।
अहिले मुलुकको संविधान र राष्ट्रलाई जोगाउने दायित्व कानुन व्यावसायी, पत्रकार, नागरिक अगुवा लगायतको प्रमुख दायित्व रहेकोले काठमाडौं उपत्यका बाहेक देशभरका नेपाल पत्रकार महासंघ र बार एकाईहरुले शुक्रबार मौन प्रदर्शन गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकले बताएका छन् ।
कार्यक्रममा बारका जिल्ला अध्यक्ष पुर रावत, सचिव हर्क खडायत, अधिवक्ता तुलाराम जैशी लगायत नागरिक समाजका अगुवा, जिल्लाका अधिवक्ताहरू तथा पत्रकारको उपस्थित रहेको थियो ।
प्रतिक्रिया