गाैमुल खबर डटकम शनिबार २८, भदौ २०८२ ०९:५५

जेन-जी आन्दोलनमा हराएका बुढा मृत फेला

बाजुरा
रमित वि.क.
शुक्रबार, भदौ २७, २०८२
जेन-जी आन्दोलनमा हराएका बुढा मृत फेला

बाजुरा ः जेन-जी आन्दोलनको पहिलो दिनबाट हराएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २३ वर्षीय ओजन बुढा मृत अवस्थामा फेला परेका छन् । जेन-जी आन्दोलनमा सहभागी हुन चाबहिलस्थित कोठाबाट निस्केका थिए ।

कोठामा एक्लै बस्ने १२ कक्षामा अध्ययनरत बुढाको मोबाइल पनि स्वीच अफ रहेको थियो । हराएको ५ दिनपछि बुढा सातदोबाटो स्थित बी एण्ड बी अस्पतालमा मृत भेटिएको पारिवारिक श्रोतले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । मृत अवस्थामा फेला परेका बुढाको हत्या वा अन्य के भएको भन्ने अनुसन्धान हुन बाँकी रहेको छ । 
 

प्रतिक्रिया