गाैमुल खबर डटकम शनिबार २८, भदौ २०८२ ११:३७

जेन-जी आन्दोलनमा बाजुराका ओजन बुढा बेपत्ता, खोजिदिन परिवारको अपिल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ २७, २०८२
जेन-जी आन्दोलनमा बाजुराका ओजन बुढा बेपत्ता, खोजिदिन परिवारको अपिल

बाजुरा ः जेन-जी आन्दोलनको पहिलो दिनबाट हराएका एक युवक परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन आफन्तले अपिल गरेका छन् ।

बाजुराको स्वामीकार्तिक खापरका २३ वर्षीय ओजन बुढा जेनजी आन्दोलनमा सहभागी हुन चाबहिलस्थित कोठाबाट निस्केपछि फर्केका छैनन् ।

बुबा आमा बाजुरामै रहेका र कोठामा एक्लै बस्ने १२ कक्षामा अध्ययनरत बुढाको मोबाइल पनि स्वीच अफ रहेकाले परिवारमा अत्यास लागेको उनका मामा तीर्थराज बुढाले बताएका छन् ।

छोरा हराएको खबरपछि घरमा रुवाबासी रहेकाले आफूहरूले खोज्दा नभेटिएपछि सुरक्षा फौजको सहयोग मागेका छन् । उनीहरूले ओजनलाई कतै देखेमा वा उनको अवस्था थाहा भएमा खबर गरिदिन भन्दै मामाको ९८६९४४५९७ नम्बर समेत दिएका छन् ।

प्रतिक्रिया