गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ ०५:०३

राष्ट्रिय युवा संघ बाजुरा देश र लोकतन्त्र रक्षा गर्न फेरी उठ्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ २७, २०८२
राष्ट्रिय युवा संघ बाजुरा देश र लोकतन्त्र रक्षा गर्न फेरी उठ्ने

बाजुरा ः नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले देश र लोकतन्त्र रक्षा गर्न अब उठ्नुपर्ने बताएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्र रक्षाका लागि एकपटक फेरी उठ्नु पर्ने बताएको हो ।

राष्ट्रिय युवा संघ बाजुराका संयोजक विष्न कार्कीद्धारा हस्ताक्षरित जारी विज्ञप्ति मार्फत लोकतन्त्र र देश रक्षा गर्न एकपटक उठ्ने भन्दै यो आन्दोलनलाई साथ दिन समेत अपील गरेको छ ।

त्यस्तै, जेनजी युवाहरुले नेपाललाई सुशासन, भ्रष्टाचारमुक्त बनाउनुपर्ने माग उठाएर गरेको शान्तिपूर्ण आन्दोलनमा समर्थन समेत जनाएको छ । राष्ट्रिय युवा संघ जिल्ला कमिटीले आन्दोलनको नाममा भएका अपराधिक घटनाको छानविन गरी दोषिलाई कारबाहीको माग गरेको छ ।

जेनजीको नेतृत्वमा भएको आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, अहिले आन्दोलनपछि सरकार गठन गर्न भइरहेका विभिन्न घटनाहरुले देश र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भएको राष्ट्रिय युवा संघ जिल्ला कमिटीको ठहर छ । देश र संविधान रक्षा गर्ने बेला आपसमा विभाजन हुनु हुदैन र कसैप्रति लक्षित गरिनु हुन्न भन्नेमा सचेत रहेको जनाएको छ ।

May be an image of text

प्रतिक्रिया