काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका हुन्।
यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। बैठकमा सहभागी स्रोतका अनुसार अन्यथा नभए आज कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरी शपथ खुवाउने तयारी भएको छ।
राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको थियो।
तर छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा र संसद् विघटनबारे सहमति नजुटेपछि आज पुनः छलफल हुने भएको छ।
आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने स्रोतले जनाएको छ।जेनजी समूहको संसद् विघटन गर्नुपर्ने माग राख्दै आएका छन्। तर राष्ट्रपति पौडेलले यसमा सहमति भएका छैनन्।
प्रतिक्रिया