गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:०५

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ २७, २०८२
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

बाजुरा : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू-भागका केही तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया