गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ०७:२५

काठमाडौं उपत्यकाको अवस्था सामान्य बन्दै, अनावश्यक आवतजावतमा रोक

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २६, २०८२
काठमाडौं उपत्यकाको अवस्था सामान्य बन्दै, अनावश्यक आवतजावतमा रोक

काठमाडौं : नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाएपनि काठमाडौं उपत्यकाको अवस्था सामान्य बन्दै गएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी भएको निषेधाज्ञा तथा कर्फ्यु खुकुलो बनाइएपछि उपत्यकाको अवस्था सामान्य बन्दै गएको छ।

सुरक्षाका लागि विभिन्न स्थानमा सेना परिचालन गरिएको छ। अत्यावश्यक सेवा सुचारु गर्नका लागि पहल गरिएको छ। अनावश्यक आवतजावतलाई सेनाले पूर्ण रूपमा रोक लगाएको छ।

निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न दिइएको छ। सेनाले आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध समेत गरेको छ। 

प्रतिक्रिया