गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३५
Dho

हत्या गरी फरार रहेका मिन बहादुर सिंह ३१ वर्षपछि पक्राउ

pramit bk pramit bk
बिहीबार, फागुन १९, २०७८
हत्या गरी फरार रहेका मिन बहादुर सिंह ३१ वर्षपछि पक्राउ

बाजुरा : प्रहरीले हत्या गरी फरार भएका अभियुक्त मिन बहादुर सिंह ३१ वर्षपछि पक्राउ गरेको छ । हत्या गरेर फरार रहेका सिंहलाई कैलाली जिल्लाको धनगढीस्थित सन्तोष होटेलबाट  यही फागुन १५ गते प्रहरीले पक्रउ गरेको प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले बताएका छन् ।

जिल्लाको खप्तड छेडेदह–२ बस्ने जगत बहादुर सिंह र शंकर धामीको पक्ष बिच दोहोरो झडप हुन गई जगत बहादुर सिंह समेतका १२÷१३ जनाले शंकर धामीलाई बाधी कुटपीट गरिरहेको अवस्थामा मिन बहादुर सिंहले आफ्नो हातमा रहेको भैसी बाध्ने काठको किलोले शंकर धामीको टाउँकोमा हान्दा लडी बेहोस भइ पल्टेको अवस्थामा हसियाले टाउँ, दाहिने कञ्चट र दाहिने काखमुनी प्रहार गरी निर्मत पूर्वक धामीको हत्या गरेको थियो ।

उनलाई सुराकीका आधारमा ३१ वर्षपछि पक्राउ गर्न सफल भएकाे प्रहरी नायव उपरीक्षक ओझाले बताएका छन् । मुख्य अभियुक्त सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

सिंह सहीतका दर्जन बढीले मिलेर २०४८ साल असोज ५ गते हत्या गरेका थिए । भैसीले कोदोबाली खाई नाेक्सान गरेको रिसले शंकर धामीको हत्या गरेको थियो । हत्यामा संलग्न अन्य प्रतिवादीहरुले प्रकृति अनुसार कैद सजाए भोगिसकेको भएपनि आरोपी सिंह भने फरार रहेका थिए । 

धामीको शरीर नै टुक्रा टुक्री पारी यातना सहीत हत्या गर्ने अभियुक्त सिंहलाई सर्वस्व जन्मकैदको सजया तोकेको छ । २०५४ साल भदौ २५ गते सम्मानित पुराबेदन अदालत दिपायलले हत्या अभियुक्त सिंह सहीतका प्रतिबादीहरुलाई जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वौच्च अदालले २०५७ साल असार २८ गते अरोपी प्रतिबादीहरुलाई १० वर्ष कैद सजाय फैसला गरेको थियो । सो फैसला मितिदेखि नै प्रतिबादी मिनबहादुर सिंह भाग्दै लुकिछिपी बस्दै फरार रहेको थिए ।

फागुन १६ गते प्रतिबादी सिंह लुकिछिपी बस्दै आएको भन्ने सुराकीका आधारमा कैलाली प्रहरीको सहयोगमा धनगढीस्थित सन्तोष होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताएका छन् । 

केही दिन अगाडी भतिज समूहीक हत्याका मुख्य अभियुक्त १६ वर्षपछि भारतको उत्तरखण्डमा पर्ने अल्मोडाबाट फागुन १० गते पक्राउ गरेको थियो । उक्त अभियुक्तलाई पक्राउ गरेको एक हप्ता नतित्तै हत्या गरेर ३१ वर्षदेखि फरार रहेको मिन बहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ पारेको हो । 

अपराधी कानुनको दायरा भन्दा बाहिर जान सक्दैन् भन्ने बलियो प्रमाण एकपछि अर्को अपराधी पक्राउबाटै सफल भएको प्रहरी नायव उपरीक्षक ओझाले बताएका छन् ।  

प्रतिक्रिया