गाैमुल खबर डटकम बुधबार ०४, भदौ २०८२ ०२:२४

एमाले गौमुल-४ को बैठकमा केन्द्र र जिल्लाको अपानी र विधान संशोधन प्रस्ताव सर्वसम्मत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०२, २०८२
एमाले गौमुल-४ को बैठकमा केन्द्र र जिल्लाको अपानी र विधान संशोधन प्रस्ताव सर्वसम्मत

बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँपालिका-४ नम्बर कमिटीको बैठक सकिएको छ । पार्टी केन्द्रले जारी गरेको अन्तर पार्टी निर्देशन सहित विधान संसोधन प्रस्ताव जिल्ला कमिटीले सर्वसम्मत पारित गरेसंगै वडा कमिटीले समेत गर्दै बैठक सकिएको हो ।

वडा कार्यालय केन्द्र निलासैन स्थित पार्टी कार्यालयमा बैठक बसेका थियो । पाटी वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षता र जिल्ला कमिटी सदस्य एवंम् वडा इन्चार्ज अमर विकको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा वडामा रहेका ज्येष्ठ कम्युनिष्ट, गाउँ कमिटीका लगायत नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

वडाको विकास निर्माण, वर्षादको समयमा हुन सक्ने विपद जोखिम बारे छलफल गर्ने गरी बैठक बसेको थियो । बैठकले पार्टी केन्द्रीय कमिटी र जिल्ला कमिटीको निर्णयपछि जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, संगठनात्मक प्रतिवेदन र विधान संसोधन प्रस्ताव पारित गरेको छ ।

अपानीमा जारी कुनैपनि अक्षर र भाषागत लेखनलाई समेत तलमाथि नपार्ने गरी जिल्ला कमिटीले सर्वसम्मत पारित गरेको प्रस्ताव वडा कमिटीले हुबहु पारित गरिएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवंम् वडा इन्चार्ज अमर विकले बताएका छन् ।

बैठकको सञ्चालन सचिव तुसार सार्कीले गरेका थिए । जनताको जनजीवीकाको सवालमा एमाले सधै प्रतिवद्ध भएर क्रियाशील भइरहेको र यो बैठकले पनि त्यो एजेण्डालाई प्रमुख विषय बनाएर छलफल गरिएको इन्चार्ज विकले बताएका छन् ।

साथै वडा स्तरीय महिला अधिकार मञ्चको बैठक बसेर हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई वडामा सुव्यवस्थित तरिकाले सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो ।

साथै वडाका युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार हुने गरी आवश्यक सिपमूलक तालिम र व्यवसायिक कार्यक्रम सञ्चालन गर्नका लागि समय सुहाउँदो उपयुक्त तालिम तथा व्यवसायको पहिचानका लागि वडामा रहेको माउण्टेन भिजन युवा क्लवले युवाहरुको आयोजना गरी छलफल गर्ने गरी बैठकले बसेको थियो ।

प्रतिक्रिया