गाैमुल खबर डटकम सोमबार ०२, भदौ २०८२ ०४:१९

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु, पाँच घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ३१, २०८२
करेन्ट लागेर अछाममा एक जनाको मृत्यु, पाँच घाइते

अछाम ः अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पाँच घाइते भएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका-१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारी स्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले  बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो।

 करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका-७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउँदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए।

घाइते  बान्निगढी जयगढ-६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय  बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र  रामारोशन गाउँपालिका-६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य छ।
 

प्रतिक्रिया