गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:०५

पानीको खल्डोमा डुबेर अछाममा एक बालकाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ३१, २०८२
पानीको खल्डोमा डुबेर अछाममा एक बालकाको मृत्यु

अछाम ःअछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपलिका-१ ग्वालेकोट स्थित बुढीगंगा नदी किनारामा ढुङ्गा, गिठ्ठी निकाल्दा बनेको खाल्डोमा बुढीगंगा नदी बढ्न गई पानी जमेको स्थानमा खेल्ने क्रममा सोही ठाउँ बस्ने सानु दमाईको छोरा ११ वर्षीय सक्षम परीयारको शुक्रवार मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त खाल्डोबाट निकालेर उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया