गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४४
Dho

पूजा सामग्री लिएर बडीमालिका गयो सरकारी टोली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १०, २०८०
पूजा सामग्री लिएर बडीमालिका गयो सरकारी टोली

बाजुरा : जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आईतबार सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन् । जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको पूजाका लागि आईतबार पूजा सामग्रीसहित सरकारी टोली त्यसतर्फ पठाइएको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले जानकारी दिए ।

साउन शुक्ल पूर्णिमाका अघिल्लो दिन हुने बडीमालिकाको पूजाका लागि टोलीलाई औपचारिक रुपमा बाजागाजासहित बिदाइ गरेको नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाले बताए । सरकारी पूजाका लागि नगरपालिकाका टाेली बडीमालिकामा गएको प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिएका छन् । 

बडीमालिकाको दर्शनपछि मागेको पूरा हुने र मनमा शान्ति मिल्ने जनविश्वास रही आएको छ । यस्तै पूर्वी उत्तरी भेगको बुढीनन्दाको पूजाका लागि पनि पूजा टोली त्यसतर्फ प्रस्थान गरेको बुढीनन्दा नगरपालिकाले जनाएको छ । 

चार शक्ति पीठमा एकपटक पुजा  
जिल्लाका चार शक्ति पीठमा एकै दिन पूजा लाग्ने गरेको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका बडीमालिका, बुढीनन्दा, बडालेख र शुनन्दामा एकै दिन अर्थात साउन पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ ।

शक्तिका रुपमा रहेका धार्मिक पीठमा आ-आफ्नै तरिकाले पूजा आरधना गर्ने गरिन्छ । बडीमालिकाको पूजाका लागि गएको सरकारी टोली लादे पाटनमा बस्ने र भोली मात्र त्रिवेणी क्षेत्रका लागि प्र्रस्थान गरिने बताइएको छ ।

प्रतिक्रिया