गाैमुल खबर डटकम सोमबार ०३, कार्तिक २०८२ ११:२९

बर्कुमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन २८, २०८२
बर्कुमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

बाजुरा ः स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा सोही वडाको बर्कु बस्ने अन्दाजी २७ वर्षका पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ३ जुपु बस्ने अन्दाजी ३५ वर्षीया लोकेन्द्र रोकाया घाइते भएका छन् ।

उनको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेका छ । पिलुचौर साप्पाटा सडक अन्तर्गत कच्ची सडकबाट पिलुचौर आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । सोही पालिकाको वडा नम्बर ४ छापु बस्ने अन्दाजी २३ वर्षका रवीन्द्र नाथले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिव साढे ३ सय मिटर तल खसेको हो । त्यस्तै ट्याक्टरमा ४ जना सवार रहेकामा चालक र नामथर नखुलेका एक जना फरार छन् । उनीहरुको खोजी भइरहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया