बाजुरा ःनेकपा (एमाले) का महासचिव शंकर पोखरेल आगामी भदौं १ गते सुदूरपश्चिम आउने भएका छन्। धनगढीमा हुने प्रथम जिल्ला प्रतिनिधि परिषद् उद्घाटन तथा प्रदेश कमिटीको आठौँ बैठकमा सहभागी हुने कार्यक्रम रहेको महासचिवको सचिवालयले जनाएको छ।
प्रदेश सचिव रणबहादुर चन्द्रका अनुसार महासचिव पोखरेल भदौं २ गते जिल्ला र प्रदेश कमिटीको बैठकमा सहभागी भई सम्बोधन गर्नेछन्। पछिल्लो समय पार्टीभित्रका गतिविधि र राजनीतिक घटनाक्रमका बीच सुदूरपश्चिमको यो यात्रा रणनीतिक रूपमा हेरिएको छ।
हालै सुदूरपश्चिमलाई एमाले शीर्ष नेतृत्वले विशेष प्राथमिकता दिएको देखिन्छ। गत साता स्थायी कमिटी सदस्य भानुभक्त ढकाल प्रेस चौतारीको बैठकमा सहभागी हुन यहाँ आएका थिए भने त्यसको केही दिनमै महासचिवको यात्रा तय भएको हो।
पूर्वराष्ट्रपतिलाई रोकेको विषयमा सुदूरपश्चिमकै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले निरन्तर आवाज उठाइरहेका सन्दर्भमा पनि महासचिवको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
प्रतिक्रिया