गाैमुल खबर डटकम सोमबार ०२, भदौ २०८२ ०४:२४

उत्तराखण्ड बाढी : बाजुराका दुई जनाको मृत्यु, २४ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २६, २०८२
उत्तराखण्ड बाढी : बाजुराका दुई जनाको मृत्यु, २४ जना घाइते

बाजुरा ः भारतको उत्तराखण्डमा बाढी र पहिरोमा परेर स्वामीकार्तिक खापर गाउँपालिकाका २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ । यहीँ साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा परी श्रीमान-श्रीमतीको मृत्यु भएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिका-२ स्थायी घर भएका अन्दाजी २३ वर्षीया रमेश बुढा र उनकी श्रीमति २१ वर्षीया प्रिया बुढाको मृत्यु भएको हो । रोजगारीका लागि छिमेकी देश भारतमा गएका जोडी बाढीमै अस्ताएको हो । त्यस्तै उक्त बाढी र पहिरोमा परी सोही पालिकाका २४ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१ का ३६ वर्षका प्रकाश बुढा, २४ वर्षकी पछना बुढा, २७ वर्षका धन बुढा, २८ वर्षका महेन्द्र महतारा, जयन्द्र बुढा छन् । त्यस्तै वडा नम्बर २ का ४९ वर्षका पसे बुढा, २९ वर्षका दिनेश बुढा, ४२ वर्षका मान बहादुर बुढा, ३२ वर्षका रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, वीर बुढा, वर्षनी बुढा घाइते भएका छन् ।

त्यसैगरी, ७ महिने बालिका अपसरा बुढा, ३ वर्षका बादल बुढा, २९ वर्षका मादव महतारा, विपना बुढा, ३४ वर्षका दीपेन्द्र महतारा, ३० वर्षका मान बहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएको गाउँपालिकाले जनाएको छ ।

उक्त दुःखद घटना प्रति सिंगो गाउँपालिकाले समेत दुःख व्यक्त गरेको छ । प्रायः सुदूरपश्चिमका ९ वटै जिल्लाका नागरिकहरु छोराछोरीको पालन पोषण तथा घरखर्च चलाउन र केही सुःख पाउने आशले रोजगारीका लागि दोस्रो मुलुक पुगेकाहरु नै विभिन्न घटनामा परेर कोही घाइते त कोहीले ज्यान गुमाउन विवश छन् ।  
 

प्रतिक्रिया