गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:११

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो छ ?

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन २२, २०८२
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो छ ?

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यो नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया