बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिका ४ तोेलीमा बेवारिसे झाडीमा फालिएको अवस्थामा भेटिएका तीन दिनका शिशुको मृत्यु भएको छ । अछामको बयालपाटा अस्पताल उपचारका क्रममा मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै नखुलेका उनको जन्मिएको तीन दिनमै बुधबार मृत्यु भएको हो । उनी बालक हुन् । प्रहरीका अनुसार भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको थियो ।
शिशुको टाउँकोमा चोट लागेको थियो । झाडीमा भेटिएको दिन स्थानीय जनप्रतिनिधि र प्रहरीको पहलमा उद्धार गरी स्थानीय करिस्मा अयडीको जिम्मा लगाएर उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो ।
प्रतिक्रिया