गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:२३

बडीमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १६, २०८२
बडीमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

बाजुरा ः बाजुराकाे बडीमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली आज पूजाको डोली बोकेर कालीकोटको सरकारी टोली कालीकोट र बाजुरा सिमानामा पर्ने बडीमालिका मन्दिर प्रस्थान गरेको हो।

जिल्ला प्रशासन कार्यालयका खरिदार लक्ष्मीरुद्ध धितालको नेतृत्वमा १० जनाको सरकारी टोली, मुख्य पुजारी हरिकृष्ण धमला सहित तीन जना पुजारी र अन्य स्थानीय बडिमालिका प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय अगाडीको  मन्दिरमा पूजा गरेर बडीमालिका यात्रा सुरु भएको हो। परम्परादेखि नै यो चलन चलिआएको छ। स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन्। हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) मा बडीमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ।

प्रतिक्रिया