गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३७
Dho

त्रिशुली नदीमा बस खस्दा आठ जनाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
त्रिशुली नदीमा बस खस्दा आठ जनाको मृत्यु

काठमाडौँ : धादिङको गजुरी–२ मा बस नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दीको बेनीका  लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

मृत्यु हुनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटना स्थलबाट १६ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु र ८ जना घाइते भएकाले अस्पताल पठाइएको छ । प्रारम्भिक जानकारीअनुसार बसमा २० जना यात्रु भएको खुलेकाे तर एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनास्थलमा खोज तथा उद्धारको काम गरिरहेको छ । 

प्रतिक्रिया