बाजुरा ः कोल्टी आधारभूत अस्पतालमा ६ वर्षीय बालक ईश्वर सार्कीको मृत्यु भएको छ । गएराति ११ बजे उपचारका क्रममा बालकको निधन भएको हो । एक्कासी बिरामी परेर अस्पताल पुर्याएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई फोक्सो सम्बन्धी समस्या, दम जस्तो श्वास फेर्न गाह्रो हुने र निमोनियाका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जगन्नाथ गाउँपालिका-६ गोत्री घर भई हाल कोल्टीमा अध्ययनरत बालकको उपचारका क्रममा मृत्यु भएको आफन्त विजय सार्कीले जानकारी दिएका छन् । कोल्टीमा रहेको हातेमालो बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिए ।
प्रतिक्रिया