गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३३
Dho

बाजुराकाे बुढीनन्दामा काठेपुल भत्किदा एक जना बेपत्ता, खाेजी कार्य जारी

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
बाजुराकाे बुढीनन्दामा काठेपुल भत्किदा एक जना बेपत्ता, खाेजी कार्य जारी

बाजुरा :  बाजुरामा काठेपुल भत्किदा एक जना बेपत्ता भएका छन् जिल्लाकाे बुढीनन्दा नगरपालिका तीन लौठारुखमा काठेपुल भत्किएर खोलामा परेपछि एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सोही नगरपालिका ३ बस्ने लली ल्वारका २६ वर्षाीय छोरा गंग ल्वार रहेका छन् । ल्वारसंगै खोलामा बगेको भैँसिको सकुसल उद्धार गरिएको र ल्वार र भैँसिको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका ३ का वडा अध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन् ।

ताडीबाट घोडाकोट आउने क्रममा  काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीयले खोजी कार्यमा जारी राखेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । 

प्रतिक्रिया