गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०४:२५

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी ठोक्किएर कच्याककुचुक

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन १३, २०८२
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी ठोक्किएर कच्याककुचुक

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी ठोक्किएर दुर्घटना भएको छ।  आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल  सवार गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा मन्त्री सवार गाडी एकआपसमा ठोक्किएका हुन्। चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो।

दुवै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले  जनाएको छ। मन्त्री सार्की सवार गाडी पालको भन्दा अघि थियो। बीचमा इलेक्ट्रीक भ्यान आएपछि ब्रेक लगाउँदा मन्त्री पालको गाडीले सार्कीको गाडीलाई ठक्कर दिएको थियो।

प्रतिक्रिया