गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४१
Dho

३३ केभी लाईनमा समस्या आएपछि बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
३३ केभी लाईनमा समस्या आएपछि बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

बाजुरा : विद्युत लाईनमा केही समस्या आएपछि सुदूरपश्चमका दुई जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी हाईटेन्सन लाइनमा समस्या आएपछि बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ । 

बाजुरा वितरण केन्द्रले सामाजिक सञ्चालन फेसबुकमा एक सूचना जारी गर्दै दिपाय–साँफे ३३ केभी हाईटेन्सन लाईनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको जानकारि गराएको छ ।

विद्युत सेवाको लाइन सञ्चालनका लागि दिपालय–साँफे ३३ केभी खण्डमा मर्मत टोली गईसकेको बताईएको छ । मर्मत कार्यमा कति समय लाग्ने एकिन भने गर्न नसकिने उपभोक्तालाई सुचनामा मार्फत जानकारि गराएको छ । 

बाजुरा वितरण केन्द्र कार्यालयका अनुसार विद्युत लाईन मर्मतपछि मात्र बाजुरा र अछाम जिल्लाभर विद्युत सेवा सुचारु हुसक्ने छ । विद्युत लाइन फल्ट भएको बाजुरा वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख लोकराज जोशीले बताएका छन् ।

उहाँका अनुसार डोटीको शान्ती नगरमा रुख ढलेर विद्युत लाईन अवरुद्ध भएको पत्ता लागिसकेको र अवरुद्ध भएको विद्युत लाईन मर्मत टोली अहिले बनाउँदै छन् । बेलुकासम्म विद्युत सेवा सञ्चालन हुनसक्ने अनुमान गरिएको छ ।

विहानदेखि विद्युत सेवा अवरुद्ध हुँदा सम्पूर्ण ग्राहकवर्गमा असुविधा हुनुको साथै सञ्चार माध्यम सहीत कार्यालयका कामकाज ठप्प भएका छन् । जिल्ला सदरमुकाम मार्तडी लगायत बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका स्थानीयलाई बढी समस्या भएको छ ।

प्रतिक्रिया