गाैमुल खबर डटकम आइतबार ११, साउन २०८२ ०१:४६

पूर्वराष्ट्रपति भण्डारीले भोली (शुक्रबार) पत्रकार सम्मेलन गर्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ०८, २०८२
पूर्वराष्ट्रपति भण्डारीले भोली (शुक्रबार) पत्रकार सम्मेलन गर्ने

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोली (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो । संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया