बाजुरा ः हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ जना पुगेको छ । मृत्यु हुनेमा हिमाली गाउपालिका-५ की अन्दाजी ६० वर्षीया बाँचा रोकाया, अन्दाजी ६५ की बिजौरा रोकाया र अन्दाजी ३५ वर्षीया जुनेली रोकाया छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीवार बिहान वडा नम्बर ५ क्युडीबाट धुलाचौर आउँदै गरेको जीप दुर्घटनामा परेको थियो । हिमाली गाउँपालिका-२ का अन्दाजी २२ वर्षका गौरी बुढाले चलाएको बागमति प्रदेश ०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
त्यस्तै, जीपमा सवार १९ जना रहेको र चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् ।
घाइतेहरुको नामावली
१. हिमाली गा.पा. २ कोट बस्ने अन्दाजी २२ वर्षका गौरी बुढा (चालक) अवस्था गम्भीर
२. हिमाली ५ क्युडी बस्ने अन्दाजी ३५ की बाँचलाल रोकाया (अवस्था गम्भीर)
३. ऐ.ऐ. अन्दाजी २६ का धनसिंह रोकाया (अवस्था गम्भीर)
४. ऐ.ऐ. अन्दाजी ७० वर्षकी भदैरी रोकाया (अवस्था गम्भीर)
५. ऐ.ऐ. अन्दाजी २२ को बाँचधन रोकाया (अवस्था गम्भीर)
६. ऐ.ऐ.अन्दाजी ५० का छते रोकाया (अवस्था मध्यम)
७. ऐ.ऐ.अन्दाजी ४५ का वीरबहादुर बुढा (अवस्था गम्भीर)
८. ऐ.ऐ.अन्दाजी ७० का अम्म रोकाया (अवस्था गम्भीर)
९.ऐ.ऐ.अन्दाजी ४५ का भैजित बुढा (अवस्था गम्भीर)
१०. ऐ.ऐ. अन्दाजी १४ वर्षका दशरथ बुढा (अवस्था गम्भीर)
११. ऐ.ऐ.अन्दाजी १२ की अष्कली बुढा (अवस्था गम्भीर)
१२. ऐ.ऐ. अन्दाजी ५० का राजबहादुर बुढथापा (अवस्था गम्भीर)
१३. ऐ.ऐ. अन्दाजी ८ का साजन रोकाया (अवस्था मध्यम)
१४. ऐ.ऐ. अन्दाजी ५० का रनसुर सुनार (अवस्था गम्भीर)
१५. ऐ.ऐ.बिच्छ्या बस्ने अन्दाजी ३५ का दलबहादुर चदाँरा (अवस्था मध्यम)
१६. हुम्ला ताजाकोट गा..पा ३ बस्ने अन्दाजी २६ का सुरेन्द्र शाही (अवस्था गम्भीर)
प्रतिक्रिया