गाैमुल खबर डटकम आइतबार ११, साउन २०८२ ०१:४७

दिदी बहिनी मृत फेला

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ०८, २०८२
दिदी बहिनी मृत फेला

भक्तपुर : मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका-८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृत्य अवस्थामा भेटिएका हुन्।

उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए। मेनुका र सिर्जना एकै घरका दिदीबहिनी भएको प्रहरीले जनाएको छ। घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए ।

परिवारसँग भारतको मुम्बइमा बस्दै आएका उनीहरू  १५ दिनअघि मात्रै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतकका बुवा मुम्बइबाट काठमाडौं आउँदै गरेको र उनी आइसकेपछि मात्रै घटनास्थलको मुचुल्का हुने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया