बाजुरा ः हिमाली गाउँपालिकामा जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गाउँपालिका-५ क्युडीबाट धुलाचौर आउदैं गरेको यात्रुबाहक जीप क्युडी गाउँ नजिकै दुर्घटना भएको हो ।
बाग्मति प्रदेशको ०३००१ ज ०३३८ नम्बरको जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी देव चौधरीले बताएका छन् ।
हिमाली-५ सुन्नीबाँडा बस्ने अन्दाजी ७५ वर्षीया बाँज रोकाया र बिजोरा रोकाया रहेका छन् । घटनामा १२ जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी आएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया