गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:३९
Dho

युग अनुसार परिवर्तन हुन् आवश्यक छ : वडा अध्यक्ष विक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
युग अनुसार परिवर्तन हुन् आवश्यक छ : वडा अध्यक्ष विक

बाजुरा : गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विकले अबको युग अनुसार परिवर्तन हन् आवश्यक रहेको बताएका छन् । रेडियो कार्यक्रम गौमुल बहसमा बोल्दैं उहाँले परम्परागत रुपमा धानिरहेको जीवनलाई अब युग अनुसार बदल्नुपर्ने बताए ।  आफुसंग लामो समय विकास केन्द्रीत भएरै काम गरेको अनुभवलाई बटुलेर वडाको विकासमा लागिरहेको बताए ।

 सिंगो गाउँपालिकाको टिम एकदमै क्रियाशील भएकै कारण वडामा काम गर्न त्यति असहज नभएको उल्लेख गरे । सीमित स्रोत साधनलाई समुचित प्रयोग गरेर अहिलेको युगसंग जनतालाई जोड्ने र रोजगारीका अबसर सिर्जना गरी समाजलाई रुपान्तरण गर्ने परिकल्पनाका साथ लागिरहेको बताए ।

गाउँपालिका यो वर्ष तीन ‘स’ को नीति लिएर अघि बढेका कारण भूगोल असहज भएका कारण सबै वडामा सहज सडकको पहुँच नपुगेको बताए । सबै वडा कार्यालयमा अनिवार्य रुपमा सडक पुर्याउने गरी गाउँपािलका लागिपरेको बताउँदै स्वास्थ्य संस्थाहरु टोल सम्म पुर्याएर अन्य सेवाहरु पुरयाउने गरी सरकार प्रमुख र उपप्रमुख लागिरहनुभएको बताए ।

शिक्षा क्षेत्रमा धेरै ठुलो लगानी स्थानीय सरकारको रहेका कारण विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले चाँसो लिएर लागेमा परिवर्तन हुन् धेरै समय नलाग्ने बताए । सभ्य समाज निर्माण हुन् शिक्षा अनिवार्य सबैका बालबालिकाहरुले आर्जेन गरेमा आफै सुन्दर समाज बन्ने बताए । वडाको विकासका लागि सबैसंग समन्वय, सहकार्य गरेर अघि बढ्ने बताउँदैं कुनै विवाद सिर्जना हुने वातावरण नआउने बताएका छन् । 


 

प्रतिक्रिया