गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

एकिकृत विकास समाज नेपाल आईडीएसले गरेका क्रियाकलापको संयुक्त अनुगमन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
एकिकृत विकास समाज नेपाल आईडीएसले गरेका क्रियाकलापको संयुक्त अनुगमन

बाजुरा : एकिकृत विकास समाज नेपाल आईडीएसको आयोजनामा संयुक्त अनुगमन कार्यक्रमको आयोजना गरिएको छ ।  आज गौमुल गाउँपालिका–४ मा रहेको सत्य आधारभूत विद्यालयमा एक औपचारिक कार्यक्रमका बीच कार्यक्रमको आयोजना गरिएको हो । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र एकिकृत विकास समाज नेपाल आईडीएसको प्राविधिक सहयोगमा विद्यालयमा सञ्चालित गतिविधिहरुको बिषयमा अनुगमन गरिएको हो ।

अर्धवार्षिक रुपमा सम्पादन गरिएका विभिन्न क्रियाकलापको संयुक्त रुपमा अनुगमन गरिएको हो । कार्यक्रममा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत कार्यक्रम लागु भएको छ । विद्यालयमा धारा निमार्ण, फोहोर खाण्डल निमार्ण, शौचालय मर्मत, विद्यार्थीहरुको शारिरीक चेकजाँच तथा परीक्षण, जुकाको औषधि, प्राथमिक उपचार बाकसका बारेमा जानकारी, विद्यार्थीहरुको व्यवहार परिवर्तन लगायतमा एकिकृत विकास समाज नेपाल आईडीएसले सहयोग गरेको जिल्ला संयोजक प्रेम प्रसाद खनालले बताएका छन् ।

आज गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा सहितको टोलीले विद्यालयमा कार्यक्रम लागु भएपछि भएको उपलब्धीका बारेमा संयुक्त अनुगन गरिएको पालिका स्तरीय सुपरभाईजर पवित्रा बोहराले बताएकी छन् ।  कार्यक्रम लागु भएपछि आफुहरुलाई धेरै टेवा पुगेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् । गाउँपालिकामा लागु भएका कतिपय गैर सरकारी संस्थाका कारण आफुहरुलाई सहज भएको उल्लेख गरेकी छन् ।

  सबै कामका लागि राज्यलाई पर्खनुपर्ने बाध्यता कतिपय गैर सरकारी संस्थाहरुको सहयोगले काम गर्न सहज भएको वडा अध्यक्ष अमर विकले बताएका छन् । विद्यालयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र एकिकृत विकास समाज नेपाल आईडीएसको प्राविधिक सहयोगमा सञ्चालित गतिविधिहरुका कारण धेरै सहयोग पुगेको प्रधानाध्यापक नरेन्द्र रोकायाले बताएका छन् ।

संयुक्त अनुगमन कार्यक्रममा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष अमर विक, वडा सदस्य गीता रोकाया, शिक्षा शाखाका राम नाथ, स्वास्थ्य शाखाका रमा बुढ्थापा रोकाया, कृषि शाखाका कमला विक, विद्यालय नर्स सीता खड्का, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, एकिकृत विकास समाज नेपाल आईडीएस जिल्ला संयोजक प्रेम प्रसाद खनाल, पालिका स्तरीय सुपरभाईजर पवित्रा बोहरा लगायतको अभिभावकको सहभागीता रहेको थियो । 

प्रतिक्रिया