गाैमुल खबर डटकम सोमबार ०२, भदौ २०८२ ११:२९

गौमुल-४ वडाको नयाँ आवको पहिलो बैठक बस्यो, जनताको सन्तृष्टि र असन्तृष्टिका विषयमा घनीभूत छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ०४, २०८२
गौमुल-४ वडाको नयाँ आवको पहिलो बैठक बस्यो, जनताको सन्तृष्टि र असन्तृष्टिका विषयमा घनीभूत छलफल

बाजुरा ः गौमुल गाउँपालिका-४ नम्बर वडा कार्यालयको नयाँ आर्थिक वर्षको पहिलो बैठक आईतबार बसेको छ । गत वर्षमा वडाले सम्पादन गरेका क्रियाकलापको बृहत् समीक्षा सहित पहिलो बैठक आयोजना गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वडा सरकार जनताको जनजीवनसंग प्रत्यक्ष जोडिएर गरेका क्रियाकलाप प्रति जनताको सन्तृष्टि र असन्तृष्टिका विषयमा घनीभूत छलफलका साथ नयाँ आर्थिक वर्षमा गर्नुपर्ने क्रियाकलापका विषयमा व्यापक रुपमा छलफल गरिएको उनले बताएका छन् ।

जनताको अमूल्य मतको कदर गरेर वडा सरकारले सकेजति अढाई वर्षमा गरेका क्रियाकलाप र गर्नुपर्ने कार्यका विषयमा गम्भीर भएर छलफल गरिएको हो । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्न गाउँपालिका सरकारसंग सहकार्य गरेर थप असन्तृष्टिलाई सम्बोधन गर्न प्रयास गरिने वडा अध्यक्ष विकले बताएका छन् ।

बैठकको सम्बोधनका क्रममा वडा अध्यक्ष विकले जनता जनार्दन हुन् उनीहरुको समस्याको सारथी बन्न वडा सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरेका छन् ।

वडा कार्यालयको केन्द्र निलासैनमा आईतबार बसेको बैठकले गाउँपालिकाले वडा सचिवको जिम्मेवारी तोकेका पञ्जीकरण सहायक प्रकाश विकलाई बधाईका साथ सम्मान गरेको छ ।

यसैबीच आगामी तीनदिन अत्यधिक वर्षा हुने मौसम विद्को पूर्वानुमान अनुसार वडाका सबैटोलमा सचेतनाका लागि जानकारी गराउने, सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सबै टोलमा सूचना टाँस गरेर जानकारी गर्ने र मनसुनजन्य विपदका घटनाबाट प्रभावितहरुलाई वडामा तत्काल राहत समाग्री उपलब्ध गराउन गाउँपालिकामा पत्राचार गर्ने र आपूर्ति गर्ने निर्णय गरिएको वडा सचिव प्रकाश विकले जानकारी दिएका छन् ।

वडा अध्यक्ष अमर विकको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्य लगायत कर्मचारी र अन्य स्थानीयको सहभागीता रहेको थियो । वडाले अन्य समसामयिक विषयमा समेत छलफल गरेको छ । 

प्रतिक्रिया