बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीले सकेसम्म प्रत्येक हप्ता नभए महिनामा अनिवार्य वडा कमिटीको बैठक आयोजना गर्ने गरेको छ । पार्टी जिल्ला कमिटी र गाउँ कमिटीले निर्देशन गरेका गतिविधि अक्षरशः पालना सहित वडा कमिटी क्रियाशील छ ।
पार्टीले अबलम्वन गरेका हरेक गतिविधि वडाले अनुसरण गरेर अघि बढिरहेको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अमर विकले बताएका छन् । उनले, ‘भने पार्टीकै कारण हामी यो स्थानमा छौं, पार्टी संगठन बलियो बनाउने जिम्मेवारी हाम्रो हो’ ।
विकले थपे पार्टीको जिम्मेवारी होस् की नहोस् संगठन बलियो बनाउने र जनताका बीचमा गएर पार्टी केन्द्र, जिल्ला तथा गाउँ कमिटीको सन्देश नेता कार्यकर्ता र संगठित सदस्यलाई अनिवार्य सुनाउने गरेका छौं । वडा कमिटीको टिम पार्टीका गतिविधिमा नियमित क्रियाशील हुने गरेको अध्यक्ष कर्णबहादुर बुढाले बताएका छन् ।
गत असार ३२ गते वडा कमिटीको बैठक बसी वर्षाको समयमा वडामा रहेका बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुको पहिचान सहित सचेतनाका लागि सूचना प्रवाह गर्ने, विपद् जोखिम न्युनिकरणका लागि वडा कमिटीले अगुवाई गर्ने निर्णय गरिएको वडा कमिटी सचिव तुसार सार्कीले जानकारी दिएका छन् ।
पार्टी वडा कमिटीका हालको अवस्था र टोलहरुमा राजनीतिक अवस्था, विकास निर्माण लगायत समसामयिक विषयको छलफल सहित समीक्षा समेत गरेको छ ।
साथै वडाका जोखिम बस्तीमा वडा कमिटीले ८ जना कार्यकर्तालाई जोखिम सम्पर्क व्यक्ति छनोट गरी परिचालनका साथ जिम्मेवारी प्रदान गरेको छ ।
वर्षाको समयमा वडाका केही टोल अति जोखिममा रहेका कारणले पूर्व तयारीमा रहने र आवश्यक राहत सामाग्री संकलनका लागि पार्टी जिल्ला कमिटी र गाउँ कमिटीसंग समन्वय गर्ने गरी निर्णय गरिएको छ ।
वडा कमिटीले यसअघि पनि वडाका दैनिक गतिविधि नियमित सम्पादन गरेको थियो । पार्टीका गतिविधिमा गौमुल गाउँपालिकामा वडा कमिटीले आफुलाई अब्बल सावित गरेको छ ।
प्रतिक्रिया