गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

गौमुलमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, तीन गाउँमा सडक

गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०४, २०८०
गौमुलमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, तीन गाउँमा सडक

प्रमित विक /बाजुरा ४ भदाै। बाजुराको गौुमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिया बन्दै गएको छ । जिल्ला ९ वटा स्थानीय तहमध्ये गौमुलमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा वर्षेनी अघि बढिरहेको रोजगार संयोजक सिर्जना विष्टले बताएकी छन् ।

कामका लागि परिश्रामिकमा आधारित सामुदायिक आयोजना अन्र्तगत छोटो समयमै विकास निर्माणमा राम्रा काम भएको पाईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकामा २०७५ सालदेखि लागु भएपछि विकासले फट्को मार्नुको साथै बेरोजगार तथा विपन्न परिवारले गाउँमै रोजगार पाउन थालेका हुन् । 

सो कार्यक्रम अन्र्तगत गाउँपालिका क्षेत्रको विकासले फट्को मारेको छ । नागरिकका आधारभूत आवश्यकता अनुसारका संरचना निर्माणले एकातिर सहजता भएको छ । भने अर्कोतिर समुदायमै रोजगार सिर्जना भई बेरोजगारका कारण आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरुका लागि आर्थिकमा टेवा पुगको छ ।

बेरोजगारीलाई न्युनतम रोजगारीको प्रत्याभुति दिन तथा सामुदायिक पूर्वधारको विकास मार्फत नागरिकको जीवनयापनमा कार्यक्रमले महत्वपूर्ण सुधार ल्याएको नागरिक अगुवाले बताएका छन् । रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि रोजगारीका लागि भारत लगायतका देशहरुमा काम खोज्दै जानुपर्ने बाध्यता हटेको स्थानीय बताएका छन् ।  

गौमुल गाउँपालिकामा हालसम्म १२१५ जनाले रोजगरबाट प्रत्यक्ष लाभान्वित भएका छन् । भने ७ करोड १ लाख ५ हजार ५ सय बराबरको रकममा ५९ योजना सम्पन्न भईसकेका छन् । भने आर्थिक वर्ष २०७९÷८० मा १३ वटा योजना कार्यान्वयन सहीत काम भएको रोजगार संयोजक विष्टले बताएकी छन् ।

यो आर्थिक वर्षमा प्रधनामन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिका भरी बेराजगारको सूचीमा सूचीकृत १६ सय ८ जना मध्ये १ सय ५७ जना सूचीकृतहरुले प्रत्येक दिनको ५ सय ७७ रुपैयाँ ज्याला पाउने गरि एक सय दिन रोजगार पाएका हुन् । गाउँपालिकाका ६ वटै वडामा लागु भएका योजनाहरु गुणस्तरीय तथा भरपर्दो किसिमले संरचना निर्माण भएका छन् । 

गाउँपालिका भित्र कुनै गाउँमा ठुलै योजनाले मात्र सम्भव हुने संरचना समेत सो कार्यक्रम अन्र्तगत निर्माण भएका छन् । वडा नं.४ का तीन गाउँमा कृषि सडक निर्माण गरिएको छ । सडकको पुहँचबाट बाहिर रहेका बगर, डाडाबाडा र गदाडा गाउँलाई सो कार्यक्रम अन्र्तगत कृषि सकडमा जोडेको हो ।

वडा नं.६ मा सिमधारा लद्युजल विद्युतको मुहानदेखि जिर्ण रहेको १ सय ५ मिटर नहर निर्माण भएको छ । नहर निर्माण भएपछि जीर्ण नहरका कारण प्रत्यके वर्ष वर्षा याममा विद्युत सेवा अवरुद्ध हुने उक्त वडाको समस्या हटेको छ । वडाका विभिन्न ठाउँका विद्यालयका भौतिक संरचना निर्माणदेखि घेरबार, गोरेटो बाटा, तटबन्धन र सडक मर्मत तथा निर्माण गरिएका छन् ।  

प्रधानमन्त्री रोजगार कार्यक्रम शसस्त्र अनुदान अन्र्तगत ९० लाख र गौमुल गाउँपालिकाको २५ लाख गरी १ करोड १५ लाख बराबरको यो आर्थिक वर्षमा काम भएको गाउँपालिका रोजगार सेवा केन्द्र प्राविधिक सहायक गोरख बहादुर धामीले बताएका छन् । 

गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षहरु कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरत्र खटिने र रोजगारमा सूचीकृत भएका व्यक्तिहरु इमान्दारीताका साथ काम गर्नाले गाउँपालिकामा काम गुणस्तरीय र प्रभावकारी बन्दै गएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

कार्यक्रमले गाउँको विकाससंगै ठुला योजनाका लागि बजेट विनियोनमा समेत सघाउ पुर्याएको उनको भनाइ छ । प्रधामन्त्री रोजगार कार्यक्रम सर्वसाधारण जनताको जीवन स्तरसंग जोडिएकाले योजनाहरु छनोट आवश्यकताका आधारमा गरिदै आएको र सोही अनुसारको कार्यान्वय सहीत काम भईरहेकोले वर्षेनी प्रभावकारी बन्दै उपाध्यक्ष थापाले बताएकी छन् । 

गौमुल गाउँपालिकामा वार्षिक २ सय जनाका दरले रोजगारीका लागि भारत जानको संख्या घटेको छ । सो कार्यक्रमले हजारौं जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्  । भने बेरोजागरी विपन्न व्यक्तिहरुका लागि रोजगार सिर्जना भएको देखिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसंगै गाउँको विकास भएको गौमुल प्रमुख प्रशासकीय अधिकृत जगदिस प्रसाद भट्टले बताएका छन् ।  

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बेरोजगार व्यक्तिलाई कम्तीमा १ सय दिनको रोजगार दिने उद्देश्य सहीत देशभरका स्थानीय तह मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ ।   

उपाध्यक्ष सीता थापाको संयोजकत्वमा योजना अनुगमन

गौमुल गाउँपालिकामा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । गाउपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा ६ वटै वडामा निर्माधीन र सम्पन्न भएका योजना सहीत जनताका आधारभूत आवश्यकताका आधारमा रही अनुगमन गरिएको हो । 

गाउँपालिकाका विभिन्न ठाउँमा निर्माणधीन योजनाहरुको इष्टमेन अनुसारको काम, सामाग्रीको गुणस्तर, कामको तीब्रता, संरचनाको दिगोपना र स्थानीय जनशक्तिको प्रयोग लगायत शैक्षिक क्षेत्रको अवस्था र स्वास्थ्य सेवाकोे बारेमा अनुगमन गरिएको उपाध्यक्ष थापाले बताएकी छन् ।

अनुगमनका क्रममा सन्तोषजनक रुपमा काम भईरहेको बताईएको छ । निर्माणाधीन र सम्पन्न संरचनाहरु मापदण्ड अनुसार नै भएका गाउँपालिका इन्जीनियर धर्मबहादुर कठायतले बताएका छन् ।

संघ, प्रदेश र स्थानीय सरकाबाट सञ्चालन भईरहेका विकास निर्माणका योजनाहरुमा स्थानीय स्तरमा दक्षजनशक्ति प्रयोग भईरहेका निर्माणधीन योजनाहरु मापदण्ड र गुणस्तरिय रुपमै काम भईरहेको बताईएको छ । अब थप पालिकाको समग्र विकास र प्रभावकारी बनाउनका लागि छुटाछुट्टै कार्यक्रम अगाडी बढ्नु पर्ने अनुगमन टोलीले निश्कर्ष निकालेको छ । 

अनुगनमा गाउँपालिकाबाट सञ्चालित कार्यक्रम, जनताका आधारभूत आवश्यकता पहिचना र सुझाव संकलन, विद्यालयका भौतिक संरचना, शैक्षिक क्षेत्रको अवस्था, स्वास्थ्य संस्थामा औषधीको उपलब्धता तथा सेवाको गुणस्तर, कृषि क्षेत्र पछिल्लो अवस्था र आगमी दिनमा गनुपर्ने कामको बारेमा समेत अनुगनमन गरिएको हो ।

अनुगमनका क्रममा उपाध्यक्ष सीता थापाले पालिकाबाट सञ्चालित विभिन्न कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताउँदै थप योजनाहरुको गुणस्तर कायम गर्न, शैक्षिक गुणस्तर सुधार र जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सबै पक्षले जिम्मेवार र गाउँपालिकाले लिएको नीतिमा सहयोग गर्नु पर्नेमा जोड दिएकी छन् ।

गाउँपालिकामा गुणस्तरी शिक्षाको विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत सम्बन्धीत सरोकार राख्ने निकालेले जिम्मेवार बन्न आवश्यक रहेको थापाले बताएकी छन् । 

त्यस्तै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्य सहीत प्रत्येक वडामा जनशक्ति सहीतको स्वास्थ्य संस्था सञ्चालनमा रहेको बताउँदै दुर्गमका नागरिकलाई थप प्रभावकारी सेवा उपलब्ध गर्न अनुभवी स्वाथ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापन गरिदै जाने उनले बताईन् । 

प्रतिक्रिया