गाैमुल खबर डटकम सोमबार ३०, असार २०८२ ०८:०६

बिरामीलाई फलफूल वितरण गरेर मनायाे मानव अधिकार एलायन्स बाजुराले स्थापना दिवस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार २९, २०८२
बिरामीलाई फलफूल वितरण गरेर मनायाे मानव अधिकार एलायन्स बाजुराले स्थापना दिवस

बाजुरा ः मानव अधिकार एलायन्स बाजुरा जिल्ला कमिटिले आफ्‌नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाई फलफूल वितरण गरेको छ ।

एलयन्सले आफ्‌नो २६ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । मानव अधिकार एलायन्स को २६ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर मनाईएको एलायन्सका अध्यक्ष सन्तोष विकले बताएका छन ।

मानव अधिकार एलायन्स बाजुरा जिल्ला कमिटीको आयोजनामा गरिएको फलफूल वितरण कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सचिव काँशी विक, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, जिल्ला कमिटी सदस्य तुलाराम जैशी, दिल थापा भोटे, युवा संघ सचिव विष्न कार्की, नगर कमिटी उपाध्यक्ष तथा एलायन्स सचिव सरिता दास नेपाली, खेलकुद महासंघ अध्यक्ष धनबहादुर रोकाया लगायत महासंघका सम्पूर्ण पदाधिकारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया