गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२९
Dho

सुदूरपश्चिममा अब प्रविधियुक्त परीक्षण किटबाट लागु औषधको चेकजाँच, तत्काल देखिन्छ नतिजा

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०३, २०८०
सुदूरपश्चिममा अब प्रविधियुक्त परीक्षण किटबाट लागु औषधको चेकजाँच, तत्काल देखिन्छ नतिजा

धनगढीः सुदूरपश्चिममा प्रविधियुक्त परिक्षण किट भित्र्याइएको छ। लागुऔषध सेवन गरे/नगरेको तत्काल देखाउने प्रविधिुक्त परिक्षण किट प्रदेश प्रहरी कार्यालय धनगढीले भित्र्याएको हो। यसको प्रयोग कैलालीको धनगढीबाट सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालयले यस्तो प्रविधि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई उपलब्ध गराएको छ। ट्राफिक प्रहरीले यही प्रविधिको प्रयोग गरेर लागुऔषध सेवन गरे/नगरेको विषय चेकजाँच गर्ने काम सुरु गरेको छ।

शुक्रबारदेखि धनगढीबाट यस प्रकारको उपकरणको सहायताबाट सवारी चालकको चेकजाँच गर्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख विरेन्द्र जोहारीले बताए। ‘लागुऔषध सेवन गरे/नगरको विषयमा प्रविधियुक्त परिक्षण किटबाट चेकजाँच सुरु गरेका छौँ, शनिबारसम्म ७ जना सवारी चालक पक्राउ समेत परिसकेका छन्।’ चेकजाँचका लागि प्रविधियुक्त लागुऔषध परीक्षण किट उपयुक्त भए पनि किट निकै खर्चिलो रहेको उनले बताए।

प्रविधियुक्त लागुऔषध परीक्षण किटकै माध्यमबाट धनगढीबाट ट्राफिक प्रहरीले ७ जना चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लागुऔषध परीक्षण कीट मगाएर चालकहरुको चेकजाँच गर्ने काम भइरहेको बताए। यही प्रविधिको सहायताले शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का ३३ वर्षीय भीमराज अवस्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ। उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो।

त्यसपछि उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो। त्यस्तै शनिबार गरिएको परीक्षणमा थप ६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो। टिप्पर चालक शुक्लाफाटा नगरपालिका–५ का ३४ वर्षीय दिवाकर भुजेल, अर्का टिप्पर चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३० वर्षीय रमेश भट्टराई, फोर्स चालक गोदावरी नगरपालिका–८ का ३१ वर्षीय यादव बोहरा, बसका चालक गोदावरी नगरपालिका–१२ का ३६ वर्षीय महादेव जोशी, विङ्गरका चालक धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय बिदुस राना र विङ्गरकै चालक वेदकोट नगरपालिका–१० का ३१ वर्षीय अर्जुन रावललाई ट्राफिक प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया