बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् । राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।
आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए । भारत उपचार गराएर फर्केका पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
प्रतिक्रिया