नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंगरवगरमा बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएकी छन् । उनका श्रीमान् घाइते भएका छन् ।
ककनी गाउँपालिका-१ ओखरपौवास्थित वंगरमा अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एक महिला वेपत्ता भएको र उनका श्रीमान् घाइते भएको वडाध्यक्ष पदमवहादुर वलामीले जानकारी दिए ।
उनका अनुसार बिमचा खोल्सामा आएको बाढीले घर बगाउँदा ३३ वर्षीय कमला बलामी वेपत्ता भएकी हुन् भने उनका श्रीमान् ३५ वर्षीय आकाश वलामी घाइते भएका छन् ।
उनलाई उपचारका लागि काठमाडौंमा उपचार भइरहेको छ। वेपत्ता कमलाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाढीबाट स्थानीयका सातजनाको घरगोठसँगै पशुचौपाय बगाएको वडाध्यक्ष वलामीले बताए । उनका अनुसार स्थानीय लालबहादुर,श्यामलाल,धनराज वलामीलगायत सातजनाको घरगोठ बगाएको हो ।
प्रतिक्रिया