गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०१:३१

बृद्ध मामा मृत भेटिए, भान्जा प्रहरीकाे नियन्त्रणमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १२, २०८२
बृद्ध मामा मृत भेटिए, भान्जा प्रहरीकाे नियन्त्रणमा

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक वृद्ध मामा मृत अवस्थामा फेला परेका छन्। ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ करिब ५:३० बजे आफ्नै भान्जाको आँगनमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक जैशी आफ्ना भान्जा ५५ वर्षीय बर्मा भण्डारीको घरको आँगनमा लडिरहेको अवस्थामा भेटिएका थिए।

प्रारम्भिक जाँचमा मृतकको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन। यद्यपि, मामा-भान्जाबीच आर्थिक लेनदेनको विषयमा विवाद रहेको भन्ने प्रारम्भिक जानकारी आएपछि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिए।

मृतकको शरीरमा देखिने गरी चोटपटक छैन, तर आर्थिक विषयमा केही कुरा जोडिएकाले अनुसन्धान अघि बढाइएको छ,ू डीएसपी सिंहले भने। मृतकको शव भने घटनास्थलमै राखिएको छ।

उनका छोरा काठमाडौँबाट आइरहेका कारण शव नउठाइएको र परिवारको उपस्थितिमा मात्र अगाडि बढ्ने निर्णय भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टम तथा अन्य फरेन्सिक प्रक्रिया पश्चात मात्र मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया