गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०६:०७

बुढीगंगाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलाे प्राथमिकता

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १०, २०८२
बुढीगंगाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलाे प्राथमिकता

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख राम बहादुर बानियाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने नारासहित नीति सार्वजनिक गरेका हुन्।

अधिवेशनमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सुधार ल्याउने योजना समेटिएको छ। नगर प्रमुख बानियाका अनुसार आगामी वर्ष नगरपालिकाले आफ्नै आयोजना बैंक निर्माण गरी परियोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नेछ।

नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने उल्लेख गरिएको छ। आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य रूपमा संकलन गरिनेछ भने सरकारी तथा खाली जग्गामा बनेका निजी संरचनाहरूबाट एकीकृत दरमा कर उठाइने नीति लिइएको छ।

कृषि तथा पशुपालन पेशालाई मर्यादित बनाउन ‘नगरप्रमुख कृषि पुरस्कार’लाई निरन्तरता दिइने भएको छ। उत्कृष्ट कृषकहरूलाई सम्मान गरेर उत्पादनमा हौसला थप्ने लक्ष्य लिइएको छ।

‘एक घर, एक धारा’ अभियानलाई सशक्त बनाउँदै सम्पूर्ण नगरवासीलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याइनेछ। साविकका गा।वि।स। क्षेत्रमा बृहत् खानेपानी योजना सञ्चालन गरिनेछ भने पुराना ऐतिहासिक ढुङ्गेधाराहरूको मर्मत र पुनर्निर्माण गरिनेछ।

नीतिमा नगर विकासमा विशेष योगदान पुर्‍याउने व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ। समयमै गुणस्तरीय काम सक्ने निर्माण व्यवसायी, उत्कृष्ट करदाता, विद्यालय, कर्मचारी, सहकारी संस्था तथा सामाजिक संस्था सम्मानित गरिनेछ।

नगरपालिकाले नीति तथा कार्यक्रममार्फत समावेशी, उत्तरदायी र दिगो विकासको आधार तयार गर्ने प्रतिबद्धता जनाएको छ। नीति तथा कार्यक्रम नगर प्रमुख रामबहादुर बोहराले प्रस्तुत गरेका हुन् । आजै बजेटपनि प्रस्तुत सहित पारित गर्ने तयारी पालिकाले गरेको छ।

प्रतिक्रिया