गाैमुल खबर डटकम बुधबार ०४, भदौ २०८२ ०६:१८

अनिवार्य र नि:शुल्क आधारभुत शिक्षा विषयक कार्यशाला आयोजना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार ०१, २०८२
अनिवार्य र नि:शुल्क आधारभुत शिक्षा विषयक कार्यशाला आयोजना

बाजुरा : अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा विषय मार्तडीमा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा कार्यशाला आयोजना गरिएको कार्यालय प्रमुख मीन लामिछानेले जानकारी दिएका छन् ।

आधारभुत तहको शिक्षा निःशुल्क र अनिवार्य गरिएको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो बढेसँगै कार्यशाला सञ्चालन गरिएको हो । आधारभुत तहमै कक्षा छोड्ने, दोहोर्याउने, भर्ना नहुने र भर्ना गर्दा पनि शुल्क लिने गुनाँसो बढेसँगै सरोकारवाला सम्मेलित कार्यशाला आयोजना गरिएको हो ।

राज्यले आधारभुत तहसम्मको शिक्षालाई अनिवार्य र माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेको छ । तर सामुदायिक विद्यालयले नै विभिन्न बहानामा शुल्क असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ । बडीमालिका नगरपालिका क्षेत्र भित्रका शिक्षक, विव्यस सहितको सरोकारवालाको सहभागीतामा त्यो विषय बारे छलफल गरिएको हो ।

कार्यालयका सब-इन्जिनियर डम्मर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशालाको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्याय रहेका थिए । प्रजिअ पाध्यायले शिक्षालाई सबैको पहुँचमा पुर्याउनु पर्ने र सबैलाई निःशुल्क शिक्षा आर्जनको वातावरण बनाउनु राज्यको दायित्व हुने बताएका छन् । उहाँले विद्यालयमा शुल्क असुली भएमा त्यो संविधान र कानून विपरित हुने बताएका छन् ।

कार्यशालाको सहजीकरण बडीमालिका नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल विक, रामबहादुर कटुवाल र सब-इन्जिनियर डम्मर थापाले गरेका हुन् । कार्यालयका लालबहादुर विकले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो । 

प्रतिक्रिया