गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४४
Dho

काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०३, २०८०
काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते

बाजुरा : काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् । बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेशना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षिया रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वषर्ीया अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अनिताकी ९ वर्षिया छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया