गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२२
Dho

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०३, २०८०
बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जंगली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् । उनका अनुसार घर नजिकै रहेको मकैबारीबा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण गरी घाईते गरेकाे बताए । 

भालुको आक्रमणबाट घाइते भएकी  कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा  सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको छ । जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात मध्यम खालको रहेको बताइएको छ । बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा वर्षेनी भालुको आक्रमणका कारण स्थानीयहरु घाइते हुने गरेका छन् ।  जंगल र झारी भएका कारण  भालु लुकेर बसेी रहने र मान्छे आएपछि आक्रमण गरी घाइते बनाउने गरेकोपछि स्थानीय सशंकित बन्न थालेका छन् । 

प्रतिक्रिया