गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०६:१७

बाम्का आगलागी पीडित : जगन्नाथले एक लाख सहयोग गर्ने घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २८, २०८२
बाम्का आगलागी पीडित : जगन्नाथले एक लाख सहयोग गर्ने घोषणा

बाजुरा ः बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई जगन्नाथ गाउँपालिकाले पनि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पीडितलाई ढाड्स स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

कार्यपालिकाको बैठकले निर्णय गर्दै सहयोग गर्ने घोषणा गरेको हो । बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गरेको छ ।

समितिले सिद्धार्थ बैंकमा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरेर राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् । आगलागीका पीडितका लागि राहत विभिन्न ठाउँबाट संकलन हुने क्रम जारी रहेको छ । 
 

प्रतिक्रिया