काठमाडौं ः विपक्षी दलको निरन्तर नाराबाजी प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूची हटाइएको जानवकारीसहित विहीबार दिउँसो ३ बजे बस्नेगरी स्थगित गरेको जानकारी गराए ।
आजको बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारवाही गर’ भन्दै निरन्तर नाराबाजी गरिरहे । सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न भन्दै त्यसका लागि सहयोगको वातावरण बनाउन पटकपटक आग्रह गरेपनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान राख्दै विपक्षीले २ सातादेखि निरन्तर सदन अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया