काठमाडौं : नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक पहाडी सहित १८ जना विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ।
सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल दुरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। अख्तियारले 'नेसनल पेमेन्ट गेटवे सिस्टम'मा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई मुद्दा दायर गरेपछि उनले कार्यबहाक पाएकी थिइन्। पछि सरकारलाई पहाडीलाई नै प्रबन्ध निर्देशमा नियुक्त गरेको थियो।
प्रतिक्रिया