गाैमुल खबर डटकम बिहीबार २९, जेठ २०८२ ०३:२९

बाम्का आगलागी पीडित : त्रिवेणी नगरले १० लाख सहयोग गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २५, २०८२
बाम्का आगलागी पीडित : त्रिवेणी नगरले १० लाख सहयोग गर्ने

बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिकाले बाम्का बजारका अग्नी पीडितका लागि १० लाख सहयोग गर्ने भएको छ । शनिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

भीषण आगलागीबाट ध्वस्त बनेको बाम्का बजारका आगलागी पीडितका लागि राहत स्वरुप १० लाख सहयोग गरिएको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।

त्यस्तै उनले आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न र सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ पसलहरु जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

आगलागीबाट सात पसल भने आंशिक रुपमा क्षती भएका छन् । आगलागीबाट करोडौं धनमालको क्षति भएको छ । क्षतिको एकिन विवरण अझै आउन सकेको छैन् ।

May be an image of text

प्रतिक्रिया