बाजुरा ःबुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले पनि एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पीडितलाई ढाड्स स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
आईतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारशबहादुर शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा आगलागी भएको क्षतीको दुःख व्यक्त गर्दै रकम दिने प्रतिबद्धता गरिएको छ ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गरेको छ ।
समितिले सिद्धार्थ बैंकमा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरेर राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् ।
प्रतिक्रिया