बाजुरा ः बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।
शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । आगलागी भएको स्थान बाम्का बजारमै पुगेर निरीक्षण समेत नगर प्रमुख बोहराले गरेका छन् ।
शुक्रबार दिउँसो साँफे-मार्तडी राजमार्गकाे बुढीगंगा नगरपालिका-६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा खाना पाकाउने ग्यास सिलिण्डर पड्केर बजारका करिब ३५ बढी पसलहरु जलेर पुरै नष्ट भएका थिए ।
आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ । क्षतिकाे विवरण अझै एकिन हुन सकेकाे छैन् ।
प्रतिक्रिया